MBMC Logo

Latest Event

Welcome Program 2078

College Premises   Dec 03, 2021

Debate Contest 2078

College Premises   Dec 10, 2021

Debate Contest 2078

College Premises   Nov 26, 2021

Dance Competition 2078

College Premises   Sep 08, 2021

Speech Contest 2078

८ असार २०७८

 

वक्तृत्वकला तथा अनुसन्धानमूलक प्रस्तुति प्रतियोगिता सम्बन्धी सूचना

 

मदन भण्डारी मेमोरियल कलेजको २०औं वार्षिक उत्सवको अवसरमा यस कलेजमा अध्ययनरत विद्यार्थीहरूको लागि “मदन भण्डारी : व्यक्तित्व र योगदान” शीर्षकमा भर्चुअल रूपमा वक्तृत्वकला र स्नातकोत्तर तहको लागि अनुसन्धानमूलक प्रस्तुति प्रतियोगिता मिति २०७८ असार १३ गते विहान ८ बजे आयोजना गरिएको हुँदा प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीहरूले मिति २०७८ असार ११ गतेभित्र अनलाइन फारम भरी नाम दर्ता गराउनुहुन सूचित गरिन्छ । 

कक्षा–११ र १२ तथा स्नातक तहको छुट्टा छुट्टै प्रतियोगिता सञ्चालन हुनेछ ।

स्नातकोत्तर तहका विद्यार्थीहरूले “मदन भण्डारी : व्यक्तित्व र योगदान” शीर्षकमा अनुसन्धान गरी भर्चुअल रूपमा प्रस्तुति गर्नु पर्नेछ । प्रस्तुतिका लागि ७ मिनेटको समय हुनेछ ।

नाम दर्ता गराउनको लागि Registration मा उपलब्ध गराइएको फाराम भर्नु पर्नेछ । 

वक्तृत्वकला र अनुसन्धानमूलक प्रस्तुतिका अन्य नियमहरू प्रतियोगिता सञ्चालन हुने समयमा जानकारी गराइनेछ ।

मिति २०७८ असार १३ र १४ गतेको सबै तहको नियमित अनलाइन कक्षा सञ्चालन स्थगित गरिएको जानकारी यसै सूचनाद्धारा गराइन्छ ।  

 

उद्धव थापा

निर्देशक

अतिरिक्त क्रियाकलाप विभाग

Event Location: Online
Event Date: Sun, 27 Jun 2021

Updated at: 2021-06-27 04:05:09


Techie