Poem Recitation Competition 2077

Venue

Online

Start At : July 13, 2020 at 12:00 AM

Share buttons
Notice
All the students of Madan Bhandari Memorial College are hereby notified that the college is going to organize online Poem Recitation Competition on 29th Asar 2077, on the auspicious occasion of 207th Bhanu Jayanti. In this regard the interested students are informed to register their name through link mention below and send their poem by 27th Asar 2077.
 
२०७ औं भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम
२०७ औं भानु जयन्तीको अवसरमा मदन भण्डारी मेमोरियल कलेजको आयोजनामा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । माइक्रोसफ्ट टिम्सको प्रयोग गरि भर्चुअलरुपमा आयोजना गरिएको प्रतियोगितामा आठ जना विद्यार्थीहरु प्रतियोगिको रुपमा सहभागी भएका थिए । मदन भण्डारी मेमोरियल कलेज प्रमुख डम्बर बहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार विनोद कार्की मञ्जनले आदीकवि भानुभक्त आचार्यको साहित्यिक व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो । प्रतियोगितामा सहभागी विद्यार्थीहरुको कविताको मूल्यांकन विनोद मञ्जन, निरुजा फुयाल र घमराज लुईटेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन अरुण शर्माले गर्नुभएको थियो । कार्यक्रममा अरुण शर्मा र घमराज लुईटेलले पनि कविता प्रस्तुत गर्नुभयो। भर्चुअल कविता प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने कार्यक्रममा सहभागी अतिथि, शिक्षक, विद्यार्थी लगायत सबैमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं। प्रतियोगितामा विजयी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।
 
कविता प्रतियोगिताको नतिजा

क्रस

प्रतियोगिको नाम

कविताको शीर्षक

नतिजा

आशिष श्रेष्ठ

हिमालको घर

प्रथम

रोनिशा जोशी

अब सीमित नबनौ

द्धितीय

युवराज खत्री

मेरा सपनाहरुलाई आग्रह

भिजिसा थापा

खोसिएको भूभाग नेपाली स्वाभिमान

तृतीय

 
उद्धव थापा
संयोजक
अतिरिक्त शैक्षिक क्रियाकलाप विभाग
© 2024 All rights reserved Madan Bhandari Memorial College