वक्तृत्व कार्यक्रम २०८०

Venue

MBM College

Start At : December 15, 2023 at 12:00 AM

Share buttons

टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा मदन भण्डारी मेमोरियल कलेजमा २०८० मंसिर २९ गते शुक्रबार ‘नेपाल प्रजापरिषद् र प्रजातन्त्र’ शीर्षकमा वक्तृत्व कार्यक्रम आयोजना हुँदैछ । कलेज अन्तर्गतको स्कुल अफ लिवरल आट्र्सको अग्रसरतामा हुन गइरहेको यस कार्यक्रममा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले भाग लिन पाउनेछन् । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कारस्वरूप प्रमाणपत्र र किताबसहित क्रमशः रु. १०,०००, रु. ६,५०० र रु. ३,५०० उपलब्ध गराइनेछ । कार्यक्रममा भाग लिन इच्छुक विद्यार्थीले तोकिएको शीर्षकमा आफूले राख्ने विचारहरूको बुँदा तयार गरी स्कुल अफ लिवरल आट्र्सको कार्यालयमा २०८० मंसिर २७ गते बुधबार दिउँसो १ बजेसम्ममा आवेदन बुझाउनु पर्नेछ । आवेदन बुझाएकाहरूमध्ये निर्धारित मापदण्ड अनुसार छानिएका १० जना विद्यार्थीले निर्णायक मण्डलसामु पाँच मिनेटको प्रस्तुति दिन पाउनेछन् । कार्यक्रमसम्बन्धी थप जानकारीका लागि स्कुल अफ लिवरल आट्र्सको कार्यालय (कोठा नं १०९) मा सम्पर्क गर्न सकिनेछ ।

© 2024 All rights reserved Madan Bhandari Memorial College