आन्तरीक परीक्षा तथा पठन–पाठन स्थगन सम्बन्धी सूचना २०८२
मिति: २०८२/०५/२६
आन्तरीक परीक्षा तथा पठन–पाठन स्थगन सम्बन्धी सूचना
मुलुकभर विद्यमान असमान्य परिस्थितिका कारण सञ्चालन भइरहेका तथा सञ्चालन हुने कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका पूर्व निर्धारित सम्पूर्ण आन्तरिक परीक्षाहरू हाललाई स्थगित गरिएको र उक्त परीक्षाहरू कात्तिकको दोस्रो हप्ताबाट सञ्चालन हुने गरी संशोधित तालिका प्रकाशित गरिनेछ ।
साथै सम्पूर्ण कक्षाहरूका नियमित पठन–पाठन कार्य मिति २०८२ कात्तिक ९ गतेबाट हुने व्यहोरा सूचित गरिन्छ ।
दृष्टव्यः
- अत्यावश्यक कक्षाहरू वैकल्पिक माध्यमबाट विभागहरूद्वारा सञ्चालन गरिनेछ ।
- सम्बन्धित शिक्षक तथा विभागहरूबाट प्राप्त भएका गृहकार्यहरू गरी तोकिएको समयमा बुझाउन सम्पूर्ण विद्यार्थीहरूलाई जानकारी गराइन्छ ।
– क्याम्पस प्रमुख तथा कलेज परिवार