भावपूर्ण श्रद्धाञ्जली

मिति : २०८०/०९/२०


भावपूर्ण श्रद्धाञ्जली


हाम्रो यस मदन भण्डारी मेमोरियल कलेजका प्राज्ञिक तर्फका सहायक क्याम्पस प्रमुख श्री प्रज्वलमान श्रेष्ठका पूजनीय पिता भगवानमान श्रेष्ठको यही २०८० पौष १९ गतेका दिन ७७ वर्षको उमेरमा निधन भएकोमा हामी अत्यन्त दुःखित भएका छौँ । यस दुःखद घडीमा मृतक बुबाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कलेज परिवार शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
नोट : मिति २०८० पौष २० गते दिनको १ बजेपछि पशुपति आर्यघाटमा हुने अन्त्येष्टिमा उपस्थितिका लागि सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई सूचित गरिन्छ ।

 


डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख

© 2026 All rights reserved Madan Bhandari Memorial College