भावपूर्ण श्रद्धाञ्जली
मितिः २०८२/०४/१५
भावपूर्ण श्रद्धाञ्जली
यस कलेजका अर्थशास्त्र विषयमा विगत ६ वर्षदेखि प्रध्यापनरत शिक्षक श्री नवराज भुजेलको यही २०८२ साउन १४ बुधबारका दिन भएको असमायिक निधनले कलेज परिवार स्तब्ध भएको छ । एक कर्तव्यनिष्ठ, इमान्दार र प्राज्ञिक व्यक्तिलाई गुमाउनुपर्दा कलेजले अपूरणीय क्षती व्यहोरेको यस दुःखद् घडिमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ ।
यसै सन्दर्भमा आज मिति २०८२/०४/१५ गते दिनको २ः०० बजे कलेज परिषरमा हुने शोकसभामा उपस्थित हुन शिक्षक, शिक्षिका, कर्मचारी र विद्यार्थी सबैमा सूचित गरिन्छ । साथै भोलि मिति २०८२/०४/१६ गते उहाँको शोकमा एक दिन पठन पाठन बन्द रहने जानकारी गराइन्छ र त्रि.वि.ले तोकेको परीक्षाहरू यथावत सञ्चालन हुनेछन् ।
डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख