छात्रवृत्तिको लागि दरखास्त आह्वान २०८३
मिति : २०८३/०८/०१
छात्रवृत्तिको लागि दरखास्त आह्वान
वर्ष २०८३ समूहमा भर्ना भएका सत्रान्त (Semester) तथा वार्षिक (Annual) कार्यक्रम अन्तर्गत स्नातक तहका सम्पूर्ण विद्यार्थीहरूबाट त्रि.वि.को मापदण्ड अनुसार छात्रवृत्तिको लागि दरखास्त आह्वान गरिन्छ । विद्यार्थीहरूले आवश्यक कागजातसहित सम्बन्धित विभागहरूमा मिति २०८३ पुस १४ गतेसम्ममा निवेदन दिन यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक न्युनतम कागजातहरू
१) सरकारी वा सामुदायिक विद्यालय वा कलेजबाट अध्ययन गरेको SEE/SLC तथा कक्षा ११, १२ को मार्कसिट/ट्रान्सकृप्ट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी,
२) सम्बन्धित विद्यार्थीले अध्ययन गरेको विद्यालय वा कलेज सरकारी वा सामुदायिक भए/नभएको प्रमाणित कागजात,
३) SEE/SLC तथा कक्षा ११, १२ छात्रवृत्तिमा अध्ययन गरेको भए सम्बन्धित विद्यालय वा कलेजको सिफारिस,
४) छात्रवृत्ति प्रदान गर्दा नेपाल सरकारले निर्धारण गरेको समावेशी मापदण्डलाई समेत आधार मानिने छ ।
नोटः त्रि.वि. को मापदण्ड बाहेकको छात्रवृत्तिको लागि प्राप्त निवेदनहरू कलेजको छात्रवृत्ति व्यवस्थापन कार्यविधिलार्ई आधारमानी कलेज व्यवस्थापन समितिले गठन गरेको छात्रवृत्ति समितिको सिफारिस अनुरुप कार्यान्वयन गरिने छ ।
डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख
तथा
संयोजक, छात्रवृत्ति समिति