मसलन्द सामग्री खरिद एवं छपाई सम्बन्धी दरभाउपत्र आह्वानको सूचना २०८०

मदन भण्डारी मेमोरियल कलेज

नयाँ बानेश्वर, काठमाडौं

फोन नं. ०१–५१७२१७५

मिति : २०८०।०४।२१

मसलन्द सामग्री खरिद एवं छपाई सम्बन्धी दरभाउपत्र आह्वानको सूचना

यस मदन भण्डारी मेमोरियल कलेजको दैनिक उपभोगमा आउने मसलन्द सामग्री दरभाउपत्रको माध्यमबाट खरिद गर्नुपर्ने भएकाले  सम्बन्धित इच्छुक फर्म/ कम्पनी, सप्लायर्सहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयभित्र निम्न विवरणहरूसहित दरभाउपत्र आहृवान गरिन्छ ।

१. नवीकरण गरिएको फर्म तथा कम्पनीको दर्ता प्रमाण पत्र

२. आयकर दर्ता प्रमाणपत्र 

३. मूल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र 

४. आ.व. ०७९/०८० सम्मको कर चुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपीहरु 

५. मसलन्द सामग्रीको सूची कलेजको वेबसाइट www.mbmc.edu.np बाट डाउनलोड गर्न सक्नु हुनेछ । 

६. दरभाउपत्र सम्बन्धी अन्य कुरा बुझ्न कार्यालय समयभित्र सम्पर्क राखी बुझ्न सकिनेछ । 

© 2024 All rights reserved Madan Bhandari Memorial College