सूचना २०८२
मिति : २०८२/११/१५
सूचना
सम्पूर्ण प्राध्यापक, कर्मचारी एवं विद्यार्थीहरू
नेपाल सरकार, मन्त्रिपरिषद्को सूचनाबमोजिम प्रतिनिधि सभा निर्वाचन प्रयोजनको लागि मिति २०८२ फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय भएको तथा १८ र १९ गते क्रमशः पहाड र तराईमा होली पर्व परेकोले मिति २०८२/११/१७ देखि २२ गते सम्म कलेजका सम्पूर्ण पठनपाठन कार्य तथा प्रशासन बन्द हुने व्यहोरा सूचित गरिन्छ । सार्वजनिक बिदाबाहेकका दिनहरू (१७ र १९ गते) का कक्षाहरू हिउँदे, वर्षे वा अन्य बिदामा समायोजन गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।
मिति २०८२/११/२५ गतेबाट कलेजका सम्पूर्ण पठनपाठन कार्य नियमित रूपमा सञ्चालन हुनेछ ।
डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख