छात्रवृत्ति सम्बन्धी सूचना

मदन भण्डारी मेमोरियल कलेजमा शैक्षिक सत्र २०७७/७८ को लागि कक्षा–११ मा विज्ञान, व्यवस्थापन र मानविकी अन्तर्गतका विषय अध्ययनका लागि भर्ना हुन चाहने विद्यार्थीहरूबाट छात्रवृत्तिको लागि आवेदन आह्वान गरिएको छ ।

आवेदन सहित उपलब्ध गराउनुुपर्ने कागजातहरू

१. एसर्ईईको ग्रेड सिट अथवा विद्यार्थीको नाम उल्लेख गरेर स्कूलले प्रमाणित गरेको ग्रेड लेजरको प्रतिलिपी

२. बेपत्ता परिवार, शहिद, जनआन्दोलनका घाइतेहरूको हकमा गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको परिचय पत्रको प्रतिलिपी

३. विपन्नता वा गरिबीको हकमा सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिबी परिचयपत्रको प्रतिलिपि वा स्थानीय निकायले आर्थिक अवस्था कमजोर भएको प्रमाणित गरी दिएको सिफारिस पत्र ।

४. विश्वविद्यालय अनुदान आयोगले शैक्षिक रूपले पिछडिएको जनजाती भनेर सुचिकृत गरेका सबैले छात्रवृत्तिको लागि आवेदन गर्न पाउने ।  

छनौटको आधार

  • एसईईको जिपिएको मेरिटको आधारमा छात्रवृत्ति प्रदान गरिने छ ।
  • एसईईको जिपिए समान भएमा कलेजले लिने प्रवेश परीक्षाको प्राप्ताङ्कको आधारमा छात्रवृत्तिको लागि छनौट गरिनेछ ।
  • सरकारी वा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूलाई छात्रवृत्तिमा अग्राधिकार दिइने छ । 

दरखास्त बुझाउने माध्यम र समय 

  • इच्छुक विद्यार्थीहरु सम्पूर्ण कागजातहरु स्क्यान गरी scholarship@mbmc.edu.np मा इमेल गरी दरखास्त बुझाउनुपर्ने छ ।
  • दरखास्त २०७७ साल असोज ३० गते भित्र आइसक्नुपर्ने छ । त्यसपछि प्राप्त भएको दरखास्तलाई स्वीकृत गरिनेछैन । 

 

थप जानकारीको लागि

मदन भण्डारी मेमोरियल कलेज

नयाँ बानेश्वर, काठमाडौं

फोन– ०१–५१७२१७५, ५१७२६८२

www.mbmc.edu.np

© 2024 All rights reserved Madan Bhandari Memorial College