मसलन्द खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना २०७९

मसलन्द खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

प्रथम पटक प्रकाशित मितिः २०७९/०८/२८

यस मदन भण्डारी मेमोरियल कलेज नयाँ बानेश्वर, काठमाडौँका लागि यस आ.व.मा आवश्यक पर्ने मसलन्द आपूर्तीका लागि योग्यता पुगेका फर्म वा कम्पनीहरूबाट दरभाउपत्र आह्वान गरिन्छ । इच्छुक फर्म वा कम्पनीहरूले तपसिल बमोजिमको सर्तहरूको अधिनमा रही रितपूर्वकको दरभाउपत्र पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ ।

१) यो सूचना प्रकाशित मितिदेखि मिति २०७९ पौष ३ गतेसम्म दरभाउपत्र फाराम यस कलेजको रिसेप्सनबाट प्राप्त गर्न सकिनेछ ।

२) खरिद गरिएको दरभाउपत्र फारामका महल स्पष्ट रुपमा भरी प्रत्येक पानामा सहीछाप गरी प्रथम पटक सूचना प्रकाशन भएको मितिदेखी २०७९ पौष ३ गते दिनको ५ बजेभित्र यस कलेजमा उपस्थित भई वा दरभाउपत्र र आवश्यक कागजपत्रको स्क्यान गरी info@mbmc.edu.np मा इमेल मार्फत पठाउनु पर्नेछ ।

३) दरभाउपत्रका साथ संलग्न गर्नुपर्ने कागजातहरू

क) कम्पनी / फर्म दर्ताको प्रमाणपत्र (नविकरण भएको)

ख) स्थायी लेखा नम्बरको प्रमाणपत्र

ग) कर चुक्ताको प्रमाणपत्र

४) दरभाउपत्र पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा परेमा विदा पछिको कार्यालय खुलेको दिन ४ बजे सम्ममा उक्त कार्य गर्न सकिनेछ ।

५) रित नपुगेका र म्याद नाघी आएका दरभाउपत्र उपर कुनै कारवाही गरिने छैन ।

६) प्राप्त दरभाउपत्रस्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहेनछ ।

७) अन्य कार्यविधि मदन भण्डारी मेमोरियल कलेज तथा नेपाल सरकारको आर्थिक प्रशासन सम्बन्धि ऐन तथा नियमावलि अनुसार हुनेछ ।

८) थप जानकारिका लागि ०१–५१७२१७५ वा कलेजमा सम्पर्क गर्न सकिनेछ ।

 

दरभाउपत्रका लागि आवश्यक सामग्रीहरूको सूची : Click Here to Download

© 2024 All rights reserved Madan Bhandari Memorial College