वार्षिक साधारण सभामा उपस्थित हुने बारे २०८१

मिति : २०८१/०२/१८

 

विषय : वार्षिक साधारण सभामा उपस्थित हुने बारे ।

प्रस्तुत विषयमा यस कलेजको वार्षिक साधारण सभा यही २०८१ जेठ ३२ गते शुक्रबारका दिन बस्ने निर्णय भएको हुँदा कलेज सञ्चालन विधान २०५८ (चौथो संशोधन २०८० सहित)को परिच्छेद ४, १९ बमोजिम सोही परिच्छेदको १८ ले तोकेअनुसारका व्यक्तिहरू उपस्थित भई तपसिलका विषयहरूमाथि छलफल गरी प्रस्ताव पारित गरिदिनुहुन अनुरोध गरिन्छ ।

सभामा छलफल गरिने विषयहरू :
१. वार्षिक प्रतिवेदन
२. आ.व. २०७९/८० को लेखा परीक्षकको प्रतिवेदनसहितको वासलात तथा आम्दानी खर्चको विवरण
३. आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रामिक
४. आ.व. २०८०/८१ को वार्षिक वजेट अनुमोदन
५. कलेज सञ्चालन विधान संशोधन
६. विविध

सभा बस्ने स्थान : कलेजको सभाकक्ष
समय : दिनको ३ः०० बजे


महेन्द्र बहादुर पाण्डे
अध्यक्ष
कलेज व्यवस्थापन समिति
 

© 2026 All rights reserved Madan Bhandari Memorial College